राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि पृथक गीत संगीतका स्वाद प्रदान गर्ने क्रममा पछिल्लो पटक नमराज ढुंगानाको लोक दोहोरी गीत “बुट्टे कुवा” भर्खरै बजारमा आएको छ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार गरिएको यस भाकामा नमराज ढुंगाना र पूर्णकला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीत सुन्दा अबको दिनमा चौध अंचल सतहत्तर जिल्ला कै सम्पूर्ण नेपालीहरुका लागि यो गीत आफ्नो सांगीतिक खुराक बन्ने कुरामा ढुक्क हुन सकिन्छ । किन कि यो सरल ढंगबाट गायक नमराज ढुंगानाले तयार पारेका छन् यसै सरल ढंगबाट तयार भएको गीतलाई कुनै पनि जात्रामात्रा, मेला पर्वमा गाउन र नाच्नका लागि सहज हुनेछ ।

प्रस्तुत गीतलाई लय गायक स्वयम् नमराजले भरेका हुन् भने शब्द किरण गौतमको रहेको छ । यस गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी र करिश्मा ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । “बुट्टे कुवा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिशिर बुढाथोकीको रहेको छ भने छायांकन सागर गौतम र सम्पादन मिन रावलको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया