बलिउडमा अभिनेता अजय देवगणको आफ्नै स्थान छ । अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय उनी एक्सन, लभ तथा कमेडी जुनसुकै विधामा पनि उत्तिकै फिट छन् । अप्रिल २ मा ४९ वर्ष पुगेका उनै अजयबारे भारतीय अनलाइनले विविध रोचक तथ्य प्रस्तुत गरेका छन् ।

१. अजयलाई घरमा राजु भनेर बोलाइन्छ । उनले बिकम पास गरेका छन् ।२. अजयका बाबु वीरु देवगण चर्चित द्वन्द्व निर्देशक हुन् । उनले अजयलाई फिल्ममा ल्याउनका लागि निर्देशक महेश भट्टकोमा लगेका थिए । महेशले अजयको आँखामा ‘बहुत कुछ’ लुकेको बताएका थिए । जसकारण वीरु उत्साहित भएका थिए ।

३. अजय जब हिरो बने, फिल्मकर्मी तथा दर्शकसमेतले उनको अनुहार देखेर खिल्ली उडाउँथे । कतिपयले यस्तो पनि हिरो भनेर उनलाई हतोत्साहित गर्थे । अमिताभ बच्चनले भने अजयलाई ‘ब्ल्याक हर्स’ भनेर उनलाई उत्साहित पारेका थिए ।

४. अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो । फूल और काँटे सुपरहिट भएको थियो ।

५. अजयको खास नाम विशाल हो । त्यतिवेला कलेजका साथीहरूबीच विशेषगरी तीनवटा ग्याङ चर्चित थियो । दारा सिंहका छोरा बिन्दुको बिन्दु ग्याङ, धर्मेन्द्रका छोरा बबी देओलको बबी ग्याङ र अजयको विशाल ग्याङ ।

६. अजय लामो अन्तर्वार्ता दिन पटक्कै मन पराउँदैनन् । धेरै बोल्ने बानी नभएकाले उनले दिक्क मान्ने गरेका हुन् ।७. फिल्ममा गाउन र डान्स गर्न भनेपछि अजय हिच्किचाउँछन् । नाच्न नआउने भएकाले उनी सकभर गीत नपरे हुन्थ्यो भन्ने चाहन्छन् ।८. अजयको परिवार देवी दुर्गा माताका उपासक हुन् । उनीहरू हरेक वर्ष देवी दुर्गालाई पछ्यौरा चढाउन अजमेरकी दगराह पुग्ने गर्दछन् ।

९. आमाले अजयलाई खतरनाक स्टन्ट नगर्न सुझाब दिएकी छिन् । अजयले पनि त्यस्ता स्टन्ट गर्दा निकै होसियारी अपनाउने वाचा गरेका छन् १०. अजय आफ्नो शाहरुखसँग कुनै समस्या नभएको बताउने गर्दछन् । त्यसकारण नै उनले आफ्नी पत्नी काजोललाई शाहरुखसँग फिल्म खेल्ने अनुमति दिने गरेका छन् । त्यति मात्रै होइन, आफ्ना प्रिय निर्देशक रोहितलाई शाहरुखसँग काम गर्न दिएका छन् । केही वर्षअघि भने अजय र शाहरुखको फिल्म जुधेका थिए । अजयको सन अफ सरदार र शाहरुखको जब तक है जान एकै दिन रिलिज भएका थिए ।

११. अजय फिल्मी पार्टीमा सहभागी हुन मन पराउँदैनन् । काम सकिनेबित्तिकै उनी घर पुगिहाल्छन् । उनी पार्टीमा भन्दा घरमा छोराछोरीसँग रमाउन मन पराउँछन् ।१२. कलेज लाइफमा हुँदा अजय साथीहरूको दुईवटा बाइकमा दुई खुट्टा राखेर घुम्ने गर्दथे । त्यही कुरा फूल और काँटेमा पनि समावेश गरिएको छ । पछि उनले दुई कार, दुई घोडामा दुई खुट्टा हालेका दृश्य पनि फिल्ममा देखिए ।

१३. इस्क, प्यार तो होना हि था, हलचल, गुन्डाराजलगायत फिल्ममा अजय र काजोलले सँगै काम गरे । सोही क्रममा उनीहरू नजिकिएका थिए । अन्तर्मुखी स्वभावका अजय र बहिर्मुखी स्वभावकी काजोलबीच कसरी कुरा मिल्यो भन्नेमा उनीहरूलाई नजिकबाट चिन्नेहरू नै अचम्मित छन् ।

१४. अजयले सन् १९८५ मा बालकलाकारका रूपमा प्यारी बहिना फिल्ममा अभिनय गरेका थिए ।१५. अजयले सन् २००८ मा यु मी और हम र सन् २०१६ मा शिवाय गरी दुईवटा फिल्म निर्देशन गरेका छन् ।१६. अजयका थुप्रै फिल्म सय करोड क्लबमा सामेल भएका छन् ।१७. अजयलाई बच्चाबच्चीप्रति विशेष लगाव छ । उनले बालबच्चासम्बन्धी दुई फिल्म, राजु चाचा र टुनपुरका सुपरहिरो निर्माण गरे । तर, ती दुवै फिल्म फ्लप भए ।

१८. जख्म (सन् १९९८) र द लिजेन्ड अफ भगत सिंह (सन् २००२ ) बाट अजयले सर्वाेत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका छन् । नयाँ पत्रिकाले छापेको छ ।१९. प्रकाश झा, राजकुमार सन्तोषी र रोहित शेट्टीका प्रिय हिरो हुन्, अजय । उनीहरूका थुप्रै फिल्ममा अजयले अभिनय गरेका छन् ।२०. बलिउडमा अजयको सञ्जय दत्त र सलमान खानसँग विशेष मित्रता छ ।

तपाईको प्रतिक्रिया