पाकिस्तानी सेनाको नियन्त्रणमा रही हिजोमात्र स्वदेश फिर्ता भएका लडाकु विमानका पाईलट अभिनन्दन वर्तमानको चर्चा र लोकप्रियता यतिबेला भारत भर नै फैलिएको छ । उनीको रिहाईको कामना गर्दे सिमामा पुगेका जनताहरुबाट नै बुझन सकिन्छ की उनको लोकप्रियता र उनको बहादुरीको चर्चा भारतमा कति भईरहेको छ । यही मौकालाई छोप्न बलिउडमा पनि तँछाडमछाडको अवस्था सृजना भएको छ । पछिल्लो समय बलिउडमा बायोपिक फिल्महरु निकै बन्ने गर्छन् । अधिकांश बायोपिकहरु हिट पनि भएका छन् । त्यसमा पनि अहिलेका चर्चित हस्ती अभिनन्दनको नाममा फिल्म बनाउनु भारतीयहरुका लागि गौरवकै कुरा होला ।

सोही कारण पनि यतिबेला निर्माता निर्देशकहरु अभिनन्दनको नाममा फिल्म निर्माण गर्न हौसिएका हुन् । फिल्मको नाम दर्ता गर्नमात्र यतिबेला इंडियन मोशन पिक्चर्स प्रोड्यूसर्स एसोसिएशनमा निर्माताहरुको लाम लागेको हो । जहाँ निर्माताहरुले २३ वटा नाम मात्रै दर्ता गरिसकेका छन् । जहाँ ‘पुलवामा : द डेडली अट्याक’ , ‘पुलवामा अट्याक भर्सेस सर्जिकल स्ट्राइक्स २.०’ ,’बालाकोट’ , ‘सर्जिकल स्ट्राइक्स २.०’ , ‘अभिनन्दन’ , ‘विंग कमान्डर अभिनन्दन’ , ‘पुलवामा :द सर्जिकल स्ट्राइक’ , ‘वार रुम’ , ‘हिन्दुस्तान हमारा है’ , ‘पुलवामा टैरर अट्याक’ लगायतका नामहरु दर्ता गरिसकेका छन् ।

कश्मिरको पुलवामा ४६ जना सेनाको हत्या हुने गरी आक्रमण भएपछि नै निर्माताहरु यही घटनालाई लिएर नाम दर्ता गर्ने दौडधुप सुरु गरेका थिए । त्यसमाथि पनि अभिनन्दन पाकिस्तानको नियन्त्रणमा परेपछि त झनै यो सिलसिला बढेको हो । यसअघि भारतले पाकिस्तानमा भएका आतंककारीहरुमाथि सन् २०१६ मा सर्जिकल स्ट्राइक गरेको थियो । जुन घटनालाई लिएर बनेको फिल्म ‘उरी’ केही समय अगाडीमात्र रिलिज भयो । करिब ५०-६० करोडको बजेटमा निर्माण भएको फिल्म दर्शकहरुले यति रुचाएकी बक्सअफिसमा ३५० करोड कलेक्सन गरेको थियो । सोही फिल्मको सफलतालाई देखेर पनि निर्माताहरु पुलवा घटना र अभिनन्दनको नाममा फिल्म बनाउन हौसिएका हुन् ।

तपाईको प्रतिक्रिया