बिवाह गरेको महिनादिन मै आफनो श्रीमान (श्रीकृष्ण श्रेष्ठ) गुमाएकी नायिका स्वेता खड्काले ‘कान्छी’ फिल्म निर्माण गर्दे अभियन यात्रालाई निरन्तरता दिईन् । ‘कान्छी’ सफल भएसंगै उनको दोस्रो फिल्म कहिले आउछ भन्ने जिज्ञासाकाबीच स्वेताले नयाँ फिल्म साईन गरेकीछिन् । उनले ६ महिनापछि व्यानर बाहिरको फिल्म साईन गरेकी हुन् । एभरेष्ट सूर्य बोहोराको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा स्वेताले काम गर्ने पक्का भएको हो । यसअघि ‘भैरे’ निर्देशन गरेका बोहराको फिल्ममा काम गर्ने सम्झौतासमेत स्वेताले गरेकीछिन् ।

 

सामाजिक सञ्जालमार्फत उनले यसबारेमा जानकारी दिँदै आफनो लागि खुसीको पल भएको भन्दै फिल्मका लागि उत्साहित भएको बताईन् । निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने फिल्मलाई सृजना जोशीले निर्माण गर्नेछिन् ।विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा नायकको बारेमा भने अहिले केही खुलाईएको छैन । समाज सेवामा समेत सक्रिय रहेकी स्वेताले लामो समयपछि व्यानर बाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । यसअघि यही फिल्ममा नायिका अदिती बुढाथोकीको नाम चर्चामा रहेको थियो तर उनले आफुले सो फिल्ममा काम गर्न लागेको खबर झुठो भएको बताएकी थिईन् ।

 

तपाईको प्रतिक्रिया