२०१७ की मिस वर्ल्ड बिजेता हुन् मानुषी छिल्लर । पछिल्लो समय उनी फिल्ममा आउने धेरैले अपेक्षा गरेता पनि उनी भने फिल्ममा आउने त्यति चासो देखाएकी छैनन् ।उनले विश्व सुन्दरीको उपाधि जितेपछि निकै चर्चामा आइन् । एमएमबिएस बिद्यार्थी समेत रहेकी मानुषी छिल्लर विश्व सुन्दरीको उपाधि जितेपछि रातारात सेलिब्रेटी बनिन् ।उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शीर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो ।
उनले विश्व सुन्दरीको उपाधि जितेपछि बलिउडमा डेब्यु गर्ने कारे निकै चर्चा चल्यो तर अहिले उनले बलिउडमा अभिनय गर्ने कुनै चासो देखाइनन् ।भारतिय मिडियाका अनुसार हाल उनले मेडिकल पढाई सुरु गरेकी छिन् ।केही पहिले फराह खानको फिल्मबाट छिल्लर अभिनयमा डेब्यु गर्न लागेको समाचार आएको थियो ।तर उनले अभिनय भन्दा अध्ययन पूरा गर्नु आफ्नो लक्ष्य रहेको बताइन् ।