banner

मुम्बइ। २०१७ की मिस वर्ल्ड मानुष छिल्लर बलिउड फिल्मा आउने धेरैले अपेक्षा गरेका थिए तर यसविपरित उनले भने फिल्ममा आउन चासो देखाइनन् । मानुषी छिल्लर २०१७ की मिस वल्र्ड बिजेता हुन् । एमएमबिएस बिद्यार्थी छिल्लर विश्व सुन्दरीको उपाधि जितेपछि रातारात बिश्व चर्चित सेलिब्रेटी बनिन् ।

उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शीर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो सोही कारण पनि उनी उपाधि नजिक पुगिन् । विश्व सुन्दरीको उपाधि जितेपछि छिल्लर बलिउड डेब्यु गर्ने चर्चा धेरैको थियो । तर उनी अहिले भने बलिउड अभिनय डेब्यु नगर्ने भएकी छन् । खबरका अनुसार उनले अहिले मेडिकल पढाई सुरु गरेकी छिन् ।

केही पहिले फराह खानको फिल्मबाट छिल्लर अभिनयमा डेब्यु गर्न लागेको समाचार आएको थियो । सो समय उनको धेरै फिल्मकर्मीसँग उठबस पनि थियो । तर अहिले फिल्म अभिनय भन्दा अध्ययन पूरा गर्नु आफ्नो लागि महत्वपूर्ण रहेको उनले बताएकी छन् ।

तपाईको प्रतिक्रिया