रोशन पोखरेल, काठमान्डौँ , फागुन १८
दिँबगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीज्यूको सम्झनामा समर्पित लोकदोहोरी गायक पुस्कल शर्माको स्वरमा “कालो दिन ”” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ ।
गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । शोक गीतमा रविन्द्र अधिकारीले समाज र नेपालका लागी गरिएको योग्दानको बारेमा चर्चा गरिएको छ । पुष्कल शर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन रहेको छ ।
“कालो दिन ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया