नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि गीत लेखनमा अब्बल मानिएकी गीतकार अम्बिका गुरुङको लेखनमा नयाँ गीत ”आभाष” रिलिज भएको छ । रोमान्टिक गीत ”आभाष”मा नायिका वर्षा सिवाकोटी र आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ । गीतमा पुरुषोत्तम सुबेदीको स्वर अनि संगीत रहेको छ । यस भिडियोमा विधान कार्कीको निर्देशन, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भावसागरको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नायक आकाश र नायिका वर्षाको जोडीलाई उत्कृष्ट देखाउन निर्देशक विधानको मेहनत देखिएको छ।

तपाईको प्रतिक्रिया