काठमाडौं । ब्यस्त नायिका उषा खनालले आफ्नो जन्मदिन आज एक कार्यक्रम गरी मनाएकी छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका साथै अन्य सहयोग गरेकी छन् । उनले त्यहाँ रहेका ३५,४० जना मनोरोगी र बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ९ बर्षदेखी सञ्चालनमा आएको नेपाल स्नेही काखमा सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ । आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफुले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन ।

तपाईको प्रतिक्रिया