मुम्बई। टेलिभिजनकी ड्रामा क्वीन एकता कपूरले आफ्नो ३५ दिनको छोराको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन्। भिडियो शेयर गर्दै उनले क्याप्शनमा लेखेकी छन्, ‘मासी लभ..।’ यो भिडियोमा एकता कपूरको छोरा रवि टेलिभिजन अभिनेत्री मोना सिंहको काखमा छन् र मोना रविसँग खेलिरहेकी छन्।

मोना रविसँग कुरा पनि गरिरहेकी छन्। मोनाले रविलाई उनको ममीका विषयमा बताइरहेकी छन्। उनले भनेकी छन्, ‘तपाइँको ममी कन्टेन्ट क्रिएटर हो। तिमी पनि ड्रामा गर्छौ।’ मोनाको यो कुरा सुनेत एकता मज्जाले हाँस्छिन्। तर भिडियोमा एकतालाई देखिँदैन। तर उनको आवाज भने सुनिन्छ।

एकताको छोराको जन्म २७ जनवरीमा भएको हो। कुनै अविवाहित महिलाले सेरोगेसीमार्फत बच्चा जन्माएको भारतमै पहिलो भएको बताइएको छ। भारतीय संचारमाध्यमका अनुसार एकता आफ्नो बच्चा होस भन्ने चाहन्थिन्। तर यो संभव हुन सकेन। यो विषयमा स्वयं एकताले समाजिक संजालमा एक पोस्ट गर्दै आफूले सात वर्ष पहिला आमा बन्ने सपना देखेको बताएकी छन्।

उनले लेखेकी थिइन्, ‘धन्यवाद डाक्टर नन्दिता। यसमा सात वर्ष लाग्यो।’ उनले अगाडि लेखेकी छन्, ‘डाक्टर नन्दिता पलाशकर, जसले एकतालाई पूरै प्रक्रियामार्फत गाइड गरिन्।’ डाक्टर नन्दिताले पनि एकता कपूर केही वर्ष पहिला आमा बन्ने इच्छा लिएर आफूकहाँ आएको बताएकी छन्।

उनले आईयूआई र आईभीएफमार्फत उनलाई गर्भवती हुन सहयोग गरेको उल्लेख गरेकी छन्। तर आफूहरु सफल हुन नसकेको उनको भनाइ छ। तर सेरोगेसीको सहयोगमा नौ महिना पहिला एकताको सपना पूरा हुन सुरु भएको उनले उल्लेख गरेकी छन्।
नौ महिनापछि आइतबार (२७ जनवरी) एकताले छोरालाई जन्म दिएकी हुन्।

तपाईको प्रतिक्रिया