महानायक राजेश हमाल यतिबेला सिनेमा पर्दाबाट टाढै छन् । आफुले निकै आसा गरेको फिल्म बाग्मती र सकुन्तला असफल भएपछि उनी लामो समयदेखि पर्दाबाट टाढै छन् । तथापी उनको व्यस्तता भने घटेको छैन । विभिन्न कार्यक्रम र हाल को बन्छ करोडपति सञ्चालनमा व्यस्त रहेका महानायकले फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् तर उक्त प्रोजेक्ट कहिलेबाट सुरु हुन्छ कुनै पत्तो छैन । महानायक आफैले पनि फिल्मको अफरहरु आउने गरेको तर चित्तबुझ्दो नभएको कारण काम नगरेको बताउँदै आएका छन् । यसैबीच महानायकले नेपाली सिनेमा क्षेत्रमा सिक्वेलमा एउटा ब्राण्ड नै बनिसकेको फिल्म साईन गरेको खबर बाहिरिएको छ ।

प्रदिप खड्को मुख्य अभिनय रहने तय भईसकेको फिल्म प्रेम गीत ३ मा हमाल अनुबन्धित भएको खबर बाहिरिएको छ । सन्तोष सेनले निर्माण गर्दे आईरहेको हिट फिल्म प्रेम गीतको तेस्रो सिक्वेलमा महानायक बुवाको भुमिकामा देखिने भएका हुन् । फिल्ममा उनको भुमिका निकै पावरफुल भएको कारण उनी फिल्ममा काम गर्न राजी भएको बताईएको छ । हुन त राजेशले पहिलो पटक बुवाको भुमिका गर्न लागेको भने होईनन् ।उनले यसअघि पनि बुवा र दाईको भुमिकामा काम गरिसकेका छन् ।

फिल्ममा उनी कसको बुवा बन्न लागेका हुन भन्ने चाही खुलाईएको छैन। यतिबेला निर्माता र राजेशबीच अझै छलफल चलिरहेको बताईएको छ तर राजेशले प्रेम गीत ३ लाई साईन गरिसकेको श्रोतको दाबी छ । पहिलो भाग सुर्दशन थापा , दोस्रो भाग रामशरण पाठक र तेस्रो भाग भने डमरुको डण्डीवियो फेम निर्देशक छेतन गुरुङले निर्देशनले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ दशैको आसपासबाट सुरु गर्ने योजना निर्माण टिमको रहेको छ ।

तपाईको प्रतिक्रिया