बलिउडमा दबंग नायिकाको रुपमा पछिल्लो पटक आफुलाई उभ्याईरहेकी कंगना रनावतले यतिबेला धेरै बलिउडकर्मीहरुसंग दुश्मनी मोलिरहेकीछिन् । उनको बेवाक अन्दाजको कारण पनि उनी आलोचनामा पर्दे आईरहेकीछिन् भने धेरै बलिउडकर्मीसंग उनको सम्बन्ध पनि बिग्रदै गएको छ । आफनो फिल्म मनिकर्णिकालाई कोही बलिउडकर्मीले साथ नदिएको भन्दै उनले आलियामाथि पनि आक्रोस पोखेकी थिईन् । उनले आलियाले राजीको समय आफुलाई फिल्म प्रमोसन गर्न लगाएको तर मनिकर्णिकाको बारेमा भने उनले केही नबोलेको भन्दै आक्रोस व्यक्त गरेकी थिईन् ।

। त्यतीमात्र होईन कंगनाले देशको बिग्रदो अवस्था र राजनितीको बारेमा पनि आलियाले बोल्न नखोजेको भन्दै आलियासंगै रणबीर कपुरलाई झपारेकी थिईन् । एउटा रोल मोडल भईसकेकी देश र जनताको समस्याको बारेमा पनि बोल्नु पर्ने भन्दै कंगनाले झपारेपनि आलियाले पनि यस बारेमा प्रतिक्रिया दिएकीछिन् । कंगनाको अभिव्यक्तिप्रति आक्रोस नपोख्दै उनले मिजासिलो तरिकाले भनिन् “म मा कंगनाले जसरी खुलेर बोल्ने क्षमता छैन । तर म कंगनाको मनबाटै इज्जत गर्छु । हो उनको ठाँउमा उनी सही छिन् । कहिलेकाही हामी यसबारे बोल्न पछि हट्छौँ । हामीलाई लाग्छ की किन बेकारमा बोल्नु । मेरो बिचार म आफुमै सिमित राख्छु । मेरो बुवा महेश भट्ट भन्नुहुन्छ संसारमा सबैले आ आफनो बिचार राख्छन् व्यक्त गर्छन् यस्तोमा यदि तिमीले केही बोलेनौ भने यसले खासै फरक पर्देन” ।

कंगनाले आलियाको जति आलोचना गरे पनि आलियाले भने अहिलेसम्म कंगनाको बारेमा नकरात्मक टिप्पणी भने गरेकी छैनन। केही दिन अघि मात्र कंगनाले मनिकर्णिकाको सिक्सेस पार्टी मनाउँदै पत्रकारहरुसंग भनेकी थिईन् “हामीले केही गरेका छैनौ हामी किन बोल्ने यस्तो भनेर आफनो जिम्मेवारीबाट टाढा भाग्न मिल्दैन । यीनै जनताको पैसाबाट हामी मर्सिडीज चढ्छौँ तीनै जनताको बारेमा नबोल्ने हामी अरुको कसरी रोल मोडल बन्न सक्छौँ” ।

तपाईको प्रतिक्रिया