मुम्बइ। सोनाली बेन्द्रेलाई पछिल्लो वर्ष जुलाईमा हाईग्रेड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अमेरिकामा आफ्नो उपचार गर्न गइन् । क्यान्सरसँगको लामो लडाइँपछि उनी भारत फिर्ता भएकी छिन् । सोनालीले आफूजस्तै खतरनाक रोगसँग लडिरहेका लाखौं–करोडौं मानिसहरुलाई प्रेरित गर्नका लागि उनले आफूलाई लागेको रोग सार्वजनिक गरेको बताउने गर्छिन् । उनले क्यान्सरसँग सम्बन्धित विभिन्न पोष्ट सोसल मिडियामा सेयर गरिरहन्छिन् ।

हालै सोनालीले इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमा उनी आफ्नो २० इन्चको घाउसँगै देखिएकी छिन् जुन क्यान्सरको शल्यक्रियाको क्रममा भएको थियो । उनले यो तस्बिरको क्याप्सनमा यस्तो फोटोसुटको योजना सुरुमा निकै अविश्वसनीय लागेको बताइन् । उनले लेखेकी छिन्, ‘टाउकोमा कपाल छैन न नै मेकअप, यसबाहेक छातीमा यति ठूलो घाउ । भोग इन्डियाजस्तो फेशन म्यागजिनका लागि यो एक पारम्परिक र साधारण थिएन । तर मलाई लाग्छ कि यो अब मेरो लागि सामान्य भइसकेको छ । यो फोटोसुट मेरो लागि सहज थिएन र म निकै डराइरहेकी पनि थिएँ तर प्रिया तन्ना र अनाएता श्रोफ अदजानियासँग कुरा गरेपछि म यो सुटको लागि तयार हुन सकेकी थिएँ ।’

उनले थपिन्, ‘म क्यामराको अगाडि उभिएको थिएँ र मेरो नयाँ वास्तविकतालाई सार्वजनिक गरिरहेकी थिएँ । फोटोसुटका लागि एक तिहाई समय मेकअप र कपाल मिलाउन खर्च हुन्छ, त्यसमा मैले समय खर्च गर्नु परेन । त्यसकारण मैले आँखा चिम्म गरेँ र यसमा हाम फालेँ । यो नतिजा यस्तो छ । मेरो कथा वर्णन गरेकोमा धन्यवाद, मेरो कथा बुझिदिएकोमा धन्यवाद र यसलाई क्यामरामा निकै राम्रो तरिकाले प्रस्तुत गरिदिएकोमा धन्यवाद ।’

तपाईको प्रतिक्रिया