चिरन्जिवी भण्डारी, काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका गायक सौगात आचार्यले पुराना कालजयी गीत तथा नयाँ केही सुमधुर गीतहरुको एउटै ‘कभर गीत’ सार्वजनिक गरेका छन् ।

उकाली चढ़ौला रेशम फिरिरी,कुशुमे रुमाल,सुन्तला पाकेर , सुन मेरी निरमाया लगायत अन्य गीतहरुको ‘कभर गीत’ गाएर उनले बजारमा ल्याएपछि गायक सौगात आचार्यको अहिले चर्चा चुलिंदो छ । उक्त नयाँ तथा पुराना गीतहरुलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने, भिडियोलाई केशब बिस्वकर्माले छायांकन गर्नु भएको हो ।

गीतको भिडियो सम्पादन मोहन सुनुवार (नबिन)ले गरेका छन् । गायक आचार्यले केहि समय पहिला आफ्नो दोस्रो सांगीतिक कोशेलीको रुपमा (रगत हाम्रो रातो नै थियो फरक थिएन) गीत मार्फत दर्शक स्रोता माझ चिरपरीचित भईसकेका थिए ।

हुन त गायक सौगात पछिल्ला दिनहरुमा नेपालमा हुने विभिन्न सांगीतिक मेला महोत्सव हरुमा चर्चित गायकहरु नारायण गोपाल, उदित नारायण,राजेश पायल राई, शिब परियार,प्रमोद खरेल,जस्ता गायक हरुका गीत गाएर दर्शक दर्शक स्रोताहरुको वाहवाह बटुली गायकको छबि बनाइ सकेका गायक हुन् ।  अहिले त्यसै अनुरुप नयाँ तथा पुराना गीतहरुलाई कभर मार्फत दर्शक स्रोता माझ आएका छन् ।

गायक सौगात गीत गाउनुको अलावा बाँसुरी पनि एकदम राम्रो बजाउँछन् । गायक सौगात भन्छन – गायक भएपछि कुनै न कुनै बाद्य बादक बजाउन जानेको हुनै पर्छ । तनहु बन्दिपुरमा जन्मिएका गायक सौगात फेरी भन्छन ? म सानै देखि गित सुन्ने गाउने अनि बासुरी पनि राम्रो बजाउने गर्थे इस्कुलको हरेक प्रोग्राममा पनि गित गाउने । सानै देखि गित संगीत गुनगुनाउदै हिड्ने पुराना गीत देखि लिएर नयाँ आधुनिक पप सबै टाइपको गीत गाउने गर्थे,धेरै पछिको संघर्ष पछि अब आफ्नै गीत गाएर आफ्नै गीत बाट कुशल गायक भई स्थापित हुनु पर्छ,भन्ने मान्यता राख्छन ।
गायक आचार्यले गाएको गीतको भिडियोलाई एक PS COVER STUDIO युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गायक आचार्य भन्छन –आफ्नो गीत संगीतमा अरुको भन्दा फरक बेग्लै स्वाद लिएर गीत सङ्गीतको दुनियाँमा आफुलाइ चिनाउन चाहान्छु । अबको जिन्दगी गीत र संगीतलाई समर्पण गरेको छु । मैले यो मेरो पहिलो गीत बाट अझ संकल्पका साथ आगाडी बढ्ने हौशला मलाइ दर्शक स्रोताले दिनु भएकोमा म नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरु लगायत मलाइ यस क्षेत्रमा अगाडी बढ्न सहयोग गर्ने चर्चित गायक/संगीतकार पुस्कर सुनुवार ,गायक / संगीतकार चिरन्जीवी भण्डारी, छायाँकार केशब बिस्वकर्मा गायक प्रदिप लामा दादा लाइ पनि धन्यबाद दिन चाहान्छु ।

सौगातले ल्याए सन्देशमुलक गीत ‘रगत हाम्रो रातो नै थियो’ भिडियो सहित

तपाईको प्रतिक्रिया