यतिबेला नेपाली सिनेमा पुराना चर्चित गीतहरुलाई रिमेक गर्दे नयाँ फिल्ममा राख्ने लडहलाई छोपेको फिल्म यात्रा यतिबेला थप चर्चामा आएको छ । सुपरहिट फिल्म आफनो मान्छेको चट्ट रुमाल को रिमेक गर्दे फिल्ममा राखिएको थियो । जुन गीत केही दिन अघि मात्र रिलिज भयो । गीत रिलिजको केही समयमा नै निर्माण टिममाथि गाली बर्सिरहेको छ । गीतले भ्युअर्स पनि मजाले पाईरहेको छ भने टेन्डिङको पाँचौ स्थानमा रहेको छ तथापी गीतलाई तालीभन्दा गाली धेरै बर्सिएको छ । पुरानो गीतमा बाबुराम दाहालको शब्द ,शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो जसमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको थियो भने नयाँमा धर्मेन्द्र सेवान ,मेलिना राइको स्वर र राजन इशानको रिएरेञ्ज रहेको छ ।

दर्शकहरुले गीतको रिएरेञ्ज , गायकको आवाजमात्र होईन कलाकारहरुको प्रस्तुती र कोरियोग्राफी पनि रुचाएका छैनन । यो गीतले ९५ प्रतिशत गाली खाएको छ भने पुरानो गीतलाई मारेको भन्दै आक्रोस पनि पोखिएको छ । यस्तो आक्रोस बढेपछि सोही गीतकी गायिका मेलिना राईले स्पष्टीकरण दिएकीछिन् । उनले आज परेको महिला दिवसको शुभकामना व्यक्त गर्दे सामाजिक सञ्जालमार्फत गीतलाई लिएर निर्माण टिमको घोर निन्दा गरेकीछिन् । कुनै लेजेन्ड्सले गाइसकेको चर्चित गीतलाई रिमेक गर्नु आफैमा ठुलो चुनौती रहेको भन्दै उनी लेख्छिन् “त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीनपटक भोकल गरेको थिएँ । सुमन सिंहले तीनपटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाईले तीनपटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो” ।

धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको भन्दै उनले गुनासो गरेकीछिन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुखेसो छ । उनी अगाडी लेख्छिन् “राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र रु यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ” । तर अनौठो के भने उनले आफनो स्टाटसमा नत यात्राको नाम उल्लेख गरेकीछिन् नत गीतको बारेमा नै । उनले आफनो आक्रोस या भनौ गुनासो पनि आफु जोगिएर गरेकीछिन् । तर उनको यो कटाक्ष यात्रा टिमलाई थियो भन्नेमा अनुमान लगाउन गाह्रै पर्देन । मेलिना पछिल्लो समय सर्वाधिक रुचाईएकी गायिका हुन् । उनको मधुर आवाजकोलाखौँ फ्यान छन् । चट्ट रुमालमा पनि उनको आवाजको प्रशंसा गरिएको छ । तर आफुले गाएको गीतमाथि गाली बर्सिएपछि उनी चुप लागेर भने बस्न सकिनन् ।

तपाईको प्रतिक्रिया