काठमाण्डौ फागुन २४ – बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल एरेन्जर बिनोद बिनोद बाजुरालिको लेखन / निर्देशनमा एक लघु हाँस्य चलचित्र “अर्थको अनर्थ” आज मात्रै पत्रकार सम्मेलनको आयोजना गरेर सार्बजनिक गरिएको छ । गाउँमा हुने एक सांगीतिक कार्यक्रमको बिषयलाई लिएर तयार पारीएको हाँस्य चलचित्रमा नेपालका धेरै चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कलाकार हरुलाई अपमान गर्नु हुन्न भन्ने एक रमाइलो सन्देश सँगै गाउँ घरमा हुने कार्यक्रमहरु कसरी प्रस्तुत गर्दा दर्शकलाई कसरी मनोरञ्जन दिन सकिन्छ भन्ने एउटा अर्को सन्देश यस चलचित्रले बोकेको छ ।

गायिका स्मृति शाहीको सुमधुर स्वर पनि “अर्थको अनर्थ” लघु हाँस्य चलचित्रमा रहेकोछ । चलचित्रलाई रामु खड्काले संगीत भरुका हुन् । बिनोद बाजुराली निर्देशित चलचित्र भित्र कलाकारहरु ( रामु खड्का, तेजश रेग्मी , महेन्द्र गौतम ,भिम थापा , करण साउद , मन्जिता केसी , सुमन परियार , दिपक संगम बिसी , टेक बुढा ,बिनिता खड्का बिष्णु चरण शाही , कल्पना ,राम गोपाली , ज्ञानु पुन मगर खिमराज संगीत लगायत धेरै कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

लघु हाँस्य चलचित्र “अर्थको अनर्थ” हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया