काठमाडौ । २०७६ बैशाख २० गतेबाट देशभर एक साथ चलचित्र ‘काउसो’ प्रदर्शनमा तयारीमा रहेको चलचित्रलाई जापानमा प्दशृन गरिने भएको छ । आगामि मार्च २१ मा जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा नेपाली कथानक चलचित्र ‘काउसो’ अनाथ बालबालिकाको सहयोगार्थ विशेष शो हुने भएको छ ।  निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ वस्नेत रहेका छन् ।

भोजराज देवकोटाको लेखन, हाँस्य प्रधान चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, नविन आचार्य, अनु पराजुली, अर्जुन गुरुङ, रामचन्द्र अधिकारी, रमेश बुढाथोकी, सुरेन्द्र चापागाई, शान्ताकारम थापा, सनि भट्टराई, उग्रशेन ढुंगाना, चिरञ्जीवी बेलवासे, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहेको छ । मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को केही समय पहिले सार्वजनिक ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्यो लाग्योे काउसो….’ बोलको गीतले यतिबेला चर्चा बटुलिरहेको छ ।

तपाईको प्रतिक्रिया