काठमाण्डौ । खाएर होस् अथवा नखाएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको लागी बिगत निकै लामो समयदेखि क्रियासिल लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति “मेरी परान” बोलको गीत बजारमा ल्याएका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । कार्कीका सबै गीत नै सफल छन् ।

पूर्वेली पश्चिमेली मिश्रण भाकामा तयार भएको यस गीतलाई संगीत संयोजन राकेश सोनीले भरेका हुन् भने लय तथा शब्द सिर्जना कार्की कै रहेको छ । गीतमा रामकुमार कार्कीको साथमा कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ ।

रामकुमार कार्की युट्युब च्यानल माआर्प्हत सार्वजनिक गरिएको “मेरी परान” बोलको गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी, शंकर बाहादुर कटुवाल, जगेन्द्र बस्नेत, रमिला खड्का र सौरब जङ्ग कार्कीको अभिनय देख्न सकिन्छ । अभिनय गर्नुहुने कलाकार मध्य सौरब जङ्ग कार्की, गायक तथा सर्जक रामकुमार कार्की नै सुपुत्र हुन् ।

मुकेश नेपालीद्वारा निर्देशित यस गीतको भिडियोलाई छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिश्वकर्माले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया