उर्लाबारी । मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट रातोकलम डटकमका प्रधान सम्पादक तेजन खड्का पुरस्कृत हुनुभएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद १० हजार १ रुपैंया हस्तान्तरण गर्नुभयो ।
सोहि पुरस्कारबाट साईनोखबर डटकमका सम्पादक फिपराज बेघा पनि पुरस्कृत हुनु भएको छ । उहाँले पनि सम्मान पत्र र नगद १० हजार १ रुपैंया प्राप्त गर्नुभएको छ ।

सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज हस्तान्तरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।
पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया