निरन्तर विभिन्न किसिमका दोहोरी गित गर्ने बहुमुखी प्रतिभाका धनी गायक राजु बिरहीले यस पटक भने सबित्रा डगोलको गीति एल्बम “साथ दिउला जुनिभर”मा सहकार्य गरेका छन। बिरही स्वयले शब्द/सङित/ स्वर अनि अभिनय गरेको उक्त भिडियोमा गायिका साबित्रा डगोल र पार्बती कार्कीले उनलाई स्वरमा साथ दिएका छन भने अभिनयमा अहिलेकी ब्यस्त अनि चर्चित मोडेल करिश्मा ढकालले साथ दिएका छन । चर्चित निर्देशक बिक्रम चौहानको निर्देशनमा रहेको उक्त भिडियोमा छायांकन प्रकाश खड्काले गरेका छन भने सम्पादन लक्ष्मन चौहानले गरेका छन साथै उक्त गित म्युजिक नेपाल मार्फत सर्बजनिक गरिएको छ

तपाईको प्रतिक्रिया