रोशन पोखरेल , काठमाडौं ।
गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको नयाँ गीत ‘तिमीलाई देखेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । अप्सरा विष्ट खड्काको शब्द तथा उत्तम विक्रम विष्टको ‘तिमीलाई देखेर ’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । गीतको एरेन्ज कृष्ण पुन ले गरेका छन ।

उवि उविको निर्देशनमा रहेको तिमीलाई गीतको भिडियोमा उत्तम विक्रम विष्ट , शिल्पा खड्का , प्रियङ्का मगर , रिदिमा मगर , दिपिका अधिकारी , मनिसा लामा र प्रतिक्षाको फिचरिङ रहेको छ ।गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मनोज राना मगरको छायाँकन र विनोद बमको सम्पादन भिडियोमा रहेको छ ।
नेपाली टिपिकल शब्दको प्रयोग गरेर डान्सिङ पारामा गीतलाई प्रस्तुत गरिएको छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास जित्नेमा आशावादी रहेको गायक विष्टले बताए ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया