काठमाडौं । कर्पोेरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबार १ चैतबाट मुलुकका ७४ ओटा सिनेमा हलमा रिलिज हुने भएको छ । बितकर मनोज राठीका अनुसार मोफसलका ५२ ओटा र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदैछ ।

‘मोफसलमा जानी नजानीले राम्रो हलहरु पाएको छ । तर काठमाडौंका वितकरले राम्रो हल मिलाई दिएनन् ।’ प्रस्तुतकर्ता रोशनीले भनिन्,‘फिल्म राम्रो बनेको छ । अहिलेम्म हेरेका दर्शकले जानी नजानी मन पराउनु भएको छ र नेपाली फिल्ममा स्थापित प्रेम शैली भन्दा हामीले केही फरक दिएका छौं ।’ यस अघि कलात्मक चलचित्र डाक्टर खाते निर्माण गरेकी रोशनीले यसपटक बिशुद्ध प्रेमकथामा आधारित व्यबसायिक चलचित्र निर्माण गरेको बताईन् ।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको र फिल्म क्षेत्रमा काम गरेको करिब दुई दशक लामो अनुभव यसमा उतारेको पनि निर्देशक अधिकारीले बताए । चलचित्र जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीसहितका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराएका छन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन् । सामिप्यराज तिमिल्सिनाले लेखेको यो फिल्मलाई संजय लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको जानी नजानीमा अर्जुन पोखरेलको संगीत रहेको छ । अभिनेता मनिष श्रेष्ठले बिगतका सिनेमा भन्दा आफुले जानी नजानीमा फरक र राम्रो काम गरेको बताएका छन् । भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो डेब्यु फिल्म हो । भारतमा काम गरिरहेकी निरिषाले जानी नजानीको भूमिका निकै ससक्त र टिम राम्रो भएकाले आफुले यसमा काम गरेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया