नेपाली सिनेमा क्षेत्रमा सेलिब्रेटी किड्सहरुको फिल्मी क्षेत्रमा आगमन भटाभट भईरहेको छ । जसमा केही सिमित मात्र सिनेमा क्षेत्रमा सफल देखिएका छन् । डेब्युकै लागि लामो समयदेखि चर्चामा रहेका सेलिब्रेटी किड्स हुन करिश्मा मानन्धर पुत्री कबिता र झरनापुत्री सुहाना थापा । सुहाना भन्दा पहिले कबिताको डेब्यु चाडै हुने देखिएको थियो किनकी उनैले पहिल्यै फिल्म साईन गरेकी थिईन् तर सुहानाले उनीमाथि अगाडी बाजी मारेकीछिन् । कारण सुहानाको फिल्म ए मेरो हजुर ३ को टिजरदेखि गीतसमेत रिलिज भईसकेको छ । फिल्म चैत्र २९ बाट रिलिज पनि हुँदैछ यता कबिताका डेब्युको कुनै अत्तोपत्तो छैन ।

कबितालाई करिश्माले नै डेब्यु गराउने तयारीमा थिइन तर त्यो पुरा भएन । नायक शिव श्रेष्ठले भनेपछि उनले पनि हार्न सकिनन् । शिवले निर्माण गरेको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा कबिता अनुबन्धित भईन् ,फिल्मको सुटिङ पनि भएको थियो । कबिताले यस फिल्ममा शिवकै छोरा शक्ति श्रेष्ठसंग स्क्रिन सेयर गरेकी थिईन् तर उक्त फिल्मको सुटिङ बीचमै रोकिएको छ । जुन कहिले सुरु हुन्छ कुनै खबर बाहिरिएको छैन । शारिरिक र मानसिकरुपमा पनि फिल्मका लागि खासै तयार नभएको बताउँदै आएकी कबिता एकाएक फिल्ममा अनुबन्धित भईन् तर उक्त फिल्मको सुटिङ नै पुरा नभई रोकिएको छ लामो समयदेखि ।

यस्तोमा कबिताको डेब्यु नै संकटमा देखिएको छ । करिश्मा छोरीको डेब्यु आफनै होम प्रडक्सनको फिल्मबाट धमाकेदाररुपमा गर्न चाहान्थिन् तर उनको एसईई परिक्षाको कारण तत्काललाई त्यो सम्भव पनि भएन । उता “एउटा यस्तो प्रेम कहानी” को सुटिङ पनि सुरु भएको छैन । डेब्युकै चर्चामा कबिता र सुहानाबीच तुलना र प्रतिष्पर्धा पनि हुने निश्चत थियो तर सुहानाको गीत यतिबेला रिलिज भएर पनि चर्चामा आईरहेको छ भने कबिताको डेब्यु भने यता न उताको भईरहेको जस्तो देखिएको छ ।

तपाईको प्रतिक्रिया