१९ बर्षको उमेरमा नै बलिउडमा प्रबेश गरेकी नायिका आलिया भट्ट कम समयमा नै लोकप्रियता कमाएकी नायिका हुन् । प्राय लभस्टोरी फिल्ममा काम गर्दे आईरहेकी उनले पछिल्लो समय हाईवे र राजी जस्ता फिल्महरुमा पनि अभिनय गरेर दर्शकहरुको मन जित्दै आफनो छबी नै परिर्वतन गरिन् । यतिबेला रणबीर कपुरसंग प्रेम सम्बन्धमा रहेकी आलियाका अझै पनि धेरै फिल्म रिलिजको तयारीमा रहेका छन् । यसबीचमा सानी गाँठी भएकी आलियाको मन भने ठुलो भएको प्रमाणित गरेकीछिन् ।

उनले आफनो पर्सनल ड्राईभर र हेल्परलाई ५० / ५० लाख रुपैया दिएकीछिन् । आलियाले लामो समयदेखि आफुसंग काम गर्दे आईरहेका उनीहरुले आलियाले मुम्बईमा घर खरिद गर्नका लागि दिएकी हुन् । ५०/५० लाख पाएपछि ती दुबैले फ्ल्याट पनि खरिद गरिसकेका छन् । उनले ड्राईभर र हेल्परलाई आफनै परिवारको सदस्य मान्दै सो रकम दिएकी हुन् । साथै आलियाले १३ करोडमा अर्पाटमेन्ट पनि खरिद गरेकीछिन् ।

जहाँ छिट्टै उनी र प्रेमी रणबीर कपुर एकसाथ बस्ने बताईएको थियो तर उनले यस कुरालाई खण्डन गर्दे सो अर्पाटमेन्टमा आफनो प्रडक्नस हाउस खोल्ने तयारी गरिरहेको बताएकीछिन् । हालै मात्र आलिया बाहुबली फेम निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरमा अनुबन्धित भएकीछिन् । उनले यही फिल्मबाट सायथमा डेब्यु गर्देछिन् ।

बाहुबली फेम निर्देशक एस.एस राजामौली यतिबेला साउथकै महत्वकांक्षी र प्रतिक्षित फिल्म आरआरआरको कामममा व्यस्त रहेका छन् । चर्चित नायक रामचरण तेजा र जुनियर एनटिआरको मुख्य अभिनय रहने उक्त फिल्ममा बलिउडका चर्चित नायक अजय देवगन पनि भित्रिएका छन् । फिल्ममा उनको भुमिका पनि मुख्य नायकको रुपमा रहेका छन् ।

यसैगरी सोही फिल्ममा नायिका आलिया भट्टको पनि इन्ट्री भएको छ । यसअघि यस फिल्ममा परिणिती चोपडाको नाम चर्चामा रहेको थियो तर आलियाले इन्ट्री मारेकीछिन् । फिल्ममा अजय र आलियाको इन्ट्री भएको राजामौलीले पुष्टी नै गरेका छन् । उनले बलिउडका यी चर्चित कलाकारसंगको सहकार्य र यात्रा उत्कृष्ट हुने उल्लेख गरेका छन् । यता अजय र आलियाले साउथमा यही फिल्मबाट डेब्यु गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया