फागुन १७ बाट रिलिजमा आएको फिल्म क्याप्टेनले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पायो । अनमोल केसी , डेब्यु नायिकाहरु उपासना सिंह ठकुरी र प्रियंका एमभीको मुख्य अभिनय रहेको यस फिल्मलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हेरेका छन् । तत्कालिन एमाले निकट रहेका भुवनले प्रधानमन्त्री लगायतलाई फिल्म देखाएका हुन् । हिजो होलीको अवसरमा क्याप्टेन फिल्म हेर्न प्रधानमन्त्री ओलीसहित बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए ।

फिल्म हेर्न आएका प्रधानमन्त्रीसहितको टोलीलाई निर्माण टिमले होली लगाई दिँदै स्वागत गरेका थिए । प्रधानमन्त्रीले पनि अनमोललाई हातको इसाराले बोलाउँदै होलीको टिका लगाईदिएका थिए । फिल्म हेरेपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले युवाहरुले नै खेल क्षेत्रलाई अगाडी बढाएको भन्दै फिल्म राम्रो बनेको बताए । भुवन केसीको निर्माणमा बनेको क्याप्टेन फुटवल खेलाडीको कथामा बनेको छ । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार ,सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई दिवाकार भट्टराईले निर्देशन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया