रोशन पोखरेल, काठमान्डौँ ।
नेपाली गीत संगीतको क्षेत्रमा भिडियो निर्देशनमा निकै रुचाइएका भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठको निर्देशनमा निकै सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित” निमार्ण भएको छ । सामाजिक विषय बस्तुलाई सो छोटो चलचित्रमा समावेश गरिएको छ ।
सो लघु चलचित्रलाई टिमाया राईले लेखेकी हुन । समाजका ब्यप्त विकृतीलाई सन्देशमुलक तरिकाबाट तयार पारेर निमार्ण गरिएको सो चलचित्रका ब्यावस्थापक हस्त बहादुर राईले बताए । लघु चलचित्रमा अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । सो चलचित्रमा राजकुमार दर्जी , पुजन घिमिरे र प्रवेश क्षेत्रीको अभिनय रहेको छ ।

लघु चलचित्र “स्वास्नी पिडित” हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया