नेपाली सिनेमा क्षेत्रकी चर्चित एवं सदाबहार नायिका करिश्मा मानन्धरले पनि आजबाट एसईई परिक्षा दिँदैछिन् । यसअघि परिक्षाकै लागि १६ घण्टासम्म अध्ययन गरेको बताउँदै आएकी करिश्माले आज आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परिक्षा दिन कारमा सवार भई परिक्षा केन्द्र पुगेकी उनी एसईईका लागि उत्साहित पनि थिईन् । अरुलाई पनि नडराई परिक्षा दिन सल्लाह दिईरहेकी करिश्मालाई परिक्षाका लागि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले समेत शुभकामना दिएका थिए ।

पढाईलाई पुन: निरन्तरता दिने सोच बनाएपछि श्रीमान बिनोद मानन्धर र छोरी कबिताले समेत साथ दिएका थिए त्यसैले पनि पढ्नका लागि थप उत्साहित भएकी थिईन् । आठ कक्षा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा होमिएकी उनले आफनो फिल्मी करियरकै कारण अध्ययनलाई निरन्तरता दिन सकिनन् । औपचारिक शिक्षा धेरै नभए पनि उनलाई फिल्मी करियर र व्यक्तिगत जीवनले डिग्री नै हासिल गरेको भन्दा कम अनुभव दिएको छैन । लामो समय अमेरिका समेत बसेर आएकी करिश्मा नेपाल आएको केही समयपछि नयाँ शक्ति पार्टीमा आवद्ध भईन् ।

पार्टीमा आवद्ध भएपछि पार्टीकै बैठकमा एक नेताले ‘यी काम न काजका कलाकार भनेर होच्चाएपछि उनी स्कुल भर्ना भएकी थिईन् । उनले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिईन् ।बिद्यालयकी नियमित बिद्यार्थी समेत हुन् । जुन बेला उनको प्रशंसा गर्नेदेखि खिल्ली उडाउनेहरु समेत थिए । उनी बिद्यालयकी नियमित बिद्यार्थी समेत हुन् ।तर करिश्मा एक चर्चित नायिका भई नेम र फेम कमाईसकेको अवस्थामा पनि करिश्माले पढ्ने यात्रा सुरुवात गरेपछि उनी आम महिलाहरुका लागि नै प्रेरणाको श्रोत बनेकी थिईन् ।

तपाईको प्रतिक्रिया