भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले आफनो गायन कलाबाट नेपालीसंगै भारतीयहरुको मन पनि जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितमले धमाकेदार प्रस्तुती दिए भने आयुषले पनि मनछुने प्रस्तुती दिए । उनले ‘विर’ फिल्ममा समाबेश “सुरली आखियोवाले” बोलको गीत गाएका थिए । उनलाई सो गीत गाउन जुरी मेम्बरकी गायिका सुजानले पनि साथ दिएकी थिईन् । आयुषको प्रस्तुती निकै मन छुने थियो । आयुषलाई जजहरुले स्ट्याण्डिङ ओभिएसन दिएका थिए । तर उनले जुरीबाट नम्बर भने ९६.३ पाए ।

तपाईको प्रतिक्रिया