बलिउडमा सधै नै समानताको कुरा गरिएतापनि अझै पनि बलिउडमा पनि पारिश्रृमिकको मामिलामा नायक नायकबीच आकास जमिनको अन्तर छ । जबकी अहिलेका नायिकाहरु नायकको भन्दा कम मेहनत गर्देनन् । जसको बिरोध नायिकाहरुले पनि गर्दे आएका छन् । कुनै समय बलिउडमा नायकबिना फिल्म नै चल्दैन भन्ने मानसिकतालाई दिपिका पादुकोण , कंगना रनावत , आलिया भट्ट जस्ता नायिकाहरुले पुष्टी गरिसकेका छन् । यी मध्ये पनि कंगना रनावत एकमात्र यस्ती नायिका हुन जो स्टार नायकसंग काम गर्न रुचाउँदिनन् । कारण उनीहरुको फिल्ममा नायिकाको लागि कुनै काम हुँदैन । यता अहिलेसम्म सबैभन्दा धेरै पारिश्रृमिक लिने नायिकामा दिपिका पादुकोण रहेकी थिईन जसले पद्यमावतमा नायकहरुलाई समेत पछि पार्दे १३ करोड पारिश्रृमिक बुझेकी थिईन् । जुन पारिश्रृमिक नायिकाहरुमा सर्वाधिक थियो ।

उनको यस रेकर्डलाई भने दबंग नायिका कंगनाले तोडेकीछिन् । भर्खरै मात्र मनिकिर्णका जस्तो फिल्म निर्देशन र अभिनय समेत गरेकी कंगनाको फिल्मले सय करोड कलेक्सन गरे तापनि भने जस्तो भने गर्न सकेन तथापी फिल्मबाट कंगनाले भने खुबै चर्चा बटुलिन् । सोही कारण पनि उनको मार्केट भ्यालु बढेको हो । उनले हालै साउथ इन्डियन नायिका तथा नेत्रीजय ललिताको जीवनीमा आधारित फिल्म साईन गरेकीछिन् । जुन फिल्मका लागि उनले २४ करोड भारु पारिश्रृमिक लिएकी हुन् । जुन पारिश्रृमिक बलिउडमा अहिलेसम्म कै धेरै हो जुन नायिकाले लिएकी हुन् । हिन्दी र तमिल दुबै भाषामा बन्न लागेको उक्त फिल्मको नाम हिन्दीमा “जया” र तमिलमा “थलैवी” राखिनेछ ।

कंगनाले महान नारीको बायोपिकमा काम गर्न पाउनु आफनो लागि ठुलो सौभाग्यको कुरा भएको बताएकीछिन् । फिल्मलाई “मणिकर्णिका” तथा बाहुबली फेम लेखक केभी विजयेन्द्र प्रसादले लेखेका फिल्म एएल विजयले निर्देशन गर्नेछन् । त्यसोत कंगनाले हालै आफनो बायोपिक बनाउने समेत घोषणा गरेकीछिन् । जे होस कंगनाले पारिश्रृमिक अन्य चर्चित नायिकाहरुलाई कडा चुनौती दिएकीछिन् । पछिल्लो समय दिपिकाले फिल्म साईन गर्न निकै अन्कानाईरहेकीछिन् । किनकी उनको माग छ फिल्ममा उनको पारिश्रृमिक नायकको जति नै हुनु पर्छ । यस्तो सम्भवत कंगनाको पारिश्रृमिक चुनौतीले दिपिकालाई भने ठुलै झट्का लागेको हुनु पर्छ ।

तपाईको प्रतिक्रिया