नेपाली सिनेमा क्षेत्रमा एउटा इतिहास रचेको फिल्म हो छक्का पञ्जा २ । सामाजिक कथाबस्तुलाई कमेडीधारमा प्रस्तुत गरिएको यस फिल्मलाई दर्शकहरुले निकै रुचाए । दीपा श्री निरौलाले निर्देशन गरेको यस फिल्ममा दीपकराज गिरी ,प्रियंका कार्की जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय रहेको छ । जुन फिल्म बैसाख १३ मा पुन: रिलिज हुँदैछ । सो मितीमा हलिउडको चर्चित फिल्म एभेन्जरः इन्ड गेम रिलिज हुने भएपछि नेपालका नयाँ फिल्महरु रिलिज गर्ने हिम्मत कसैले जुटाएनन् । यही मितीमा दाल भात तरकारी रिलिज हुँदै थियो तर उ पछि हट्यो ।

सोही कारण फिल्म हलमा पुन: रिलिज हुँदैछ । तर पुन रिलिज भए पनि फिल्ममा दर्शकहरुले केही नयाँपन पाउने छन् । फिल्म पहिले जस्तै दुरुस्तै रिलिज हुने छैन दृश्य, संवाद र प्लट नयाँ थपिएको छ । मध्यान्तरपछि दर्शकले आधा फिल्म नयाँ पाउनुहुनेछ र लम्बाइ २ घन्टा १५ मिनेट जति पुगेको दिपक बताउँछन् । दर्शक तथा हल मालिकहरुले पुन: रिलिजको माग गरेपछि फिल्म हलमा लाग्न लागेको हो । उनले छक्का पञ्जा २ युट्युवमा रिलिज नहुने नै संकेत गरे तर सःशुल्क स्ट्रिमिङ साइटमा प्रिमियर गर्ने उनको योजना छ ।

यता छक्का पञ्जा २ रिलिजपछि आएको रकमको ठुलो हिस्सा परोपकारी काममा लगाउने घोषणा गरेको छ । रिलिजपछि उठेको रकम चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग गर्ने घोषणा गरेको हो । यतिबेला गाजलु फेम निर्मातासंग मिलेर फिल्म निर्माण गर्न लागिरहेका दिपक हाल फिल्म लेखनमा व्यस्त रहेका छन् । अब हेरौँ छक्का पञ्जा २ को पुन: रिलिजले दर्शक हलसम्म कत्तिको तान्छ ।

तपाईको प्रतिक्रिया