Flash

‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो ।

बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।

अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् ।

गायीका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।

Published date : २०७५-चैत्र-१२ १५:३८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]