चितवन, चैत्र, १२ ।

अनाथ तथा असाहाय वालवालिकाको सहयोगार्थ चितवनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । यहि चैत्र १६ गते शनिवार नारायणगढको क्याम्पाचौरमा मंगलम म्युजिकल फेस्ट हुन नामक साँस्कृतिक कार्यक्रम हुन लागेकोे हो । बहुप्रतिक्षित म्युजिकल फेस्ट हुने दिन नजिकिदै गर्दा आयोजकले प्रचारप्रसारलाई पनि तिब्रता दिएको छ ।

म्युजिकल फेस्टमा नेपालका चर्चित गायक पुष्पन प्रधान सहित वाणी व्याण्डको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । पुष्पनको ‘पंक्षि’ ‘बाबुको जुगा’ ‘ठुल्दाजु’ लगाएतका गीत गीतहरु दर्शकहरुले सर्वाधिक रुचाएका गीतमा पर्दछन् ।

‘यति धेरै कलाकारहरु सहित म आफैले पनि गीत गाउन लागेको हुँदा साह्रै खुसी लागेको छ ।’ गायक शंशान कडेंलले भने, ‘पुष्पन सहित नेपाल आईडलका सवै गायक गायीकाहरु आउने भएकाले म पनि एक्साईटेड छु ।’ यता अर्का गायक भुवन प्यासीपनि आफु तयारी अवस्थामा रहेको वताए । भुवनले भने, – ‘केही नयाँ र केही पुराना गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिने तयारीमा छु । ’

पहिलो चोटि चितवनको नारायणगढमा आउन लागेको बाणी व्याण्ड सहित नेपाल आइडलका चर्चित अनुहारहरु निशान भट्टराई, अमित बराल, सुजाता पान्डे, मिनराज पौडेलको प्रस्तुती रहने आयोजकले जनाएको छ । यसका साथै कार्यक्रममा भान्जे मिलन, भुवन प्यासी, युवराज कंडेल, भेषराज गौतम, शिब कंडेल, नेपालय व्यान्ड, शंशान कडेंल लगायतको प्रस्तुती रहने छ ।

तपाईको प्रतिक्रिया