काठमाडौं। बलिउडमा धेरै यस्ता जोडीहरु रहेका छन् जो एकअर्कालाई वर्षौसम्म डेट गरिरहे तर, अन्तमा उनीहरुले अरुसँगै विवाह गरे । लामो समय सम्बन्धमा रहेर अर्कैसँग विवाह हुने धेरै बलिउड सेलिब्रिटीहरु रहेका छन् । राजेश खन्नादेखि साहिद कपुरसम्म जसले आफ्नो प्रेम पाउन सकेनन् । अन्नत उनीहरुको लगनगाँठो अरुसँग गाँसियो ।

१. राजेश खन्ना र अन्जुः राजेश खन्नाको अन्जु महेन्द्रुसँग लामो समय अफेयर चल्यो । उनीहरुको सम्बन्ध करिब ७ वर्षसम्म चलेको थियो । उनीहरुले बलिउडमा सँगै संघर्ष गरेका थिए । राजेश खन्नाको संघर्षको समयमा अन्जूले ठुलो सहयोग गरेकी थिइन् । तर अन्ततः उनीहरुको सम्बन्धमा तनाव बढ्न थाल्यो । सात वर्ष लामो सम्बन्ध तोड्दै उनले डिम्पल कपाडियासँग विवाह गरे । अन्जुले राजेश खन्ना बुझ्न नसकिने मानिस भन्दै उनीबारे बयान दिएकी थिइन् । राजेश युवतीहरुलाई आकर्षित गर्ने मानिस भए पनि आफैमा नबुझिएको व्यक्ति भएको अन्जुले बताएकी थिइन् ।

२. राज कपुर र नर्गिसः राज र नर्गिस एक अर्कालाई धेरै माया गर्ने जोडीको रुपमा परिचित थिए । नर्गिसको सुन्दरताको जोकोही तारिफ गर्न पछि पर्थेनन् । नर्गिस र राज एकअर्काका लागि जेपनि गर्न तयार हुने जोडी थिए । १६ वटा फिल्मसँग गरेर पनि यो जोडी एकअर्काको भने हुन सकेन । अन्तत राज कपुले कृष्ण राज कपुरसँग विवाह गरे । राज कपुरसँग सम्बन्ध तोडिएपछि पिडामा रहेकी नर्गिसले सुनिल दत्तसँग विवाह गरेकी थिइन् । भनिन्छ, नर्गिस राजको स्त्रीलम्पट चरित्रबाट वाक्क भएकी थिइन् ।

३. मधुवाला र दिलिप कुमारः दिलिप कुमारको रिस अत्यन्त कडा थियो । हर कोही महिला उनी देखि डराउने गर्थे । तर, मधुबाला उनको प्रेममा परेकी थिइन् । त्यसबखतकी सबैभन्दा सुन्दर अभिनेत्रीमा उनी परिचित थिइन् । मधुवाला र दिलिपले एकअर्कालाई डेट पनि गरिरहेका थिए । तर, दुवैको घमण्ड यति धेरै थियो कि यो सम्बन्ध टुट्न धेरै समय लागेन । दिलिप कुमारले मधुवालासँग फिल्म नखेल्ने निर्णय मधुवालाको पिताको रहेको थियो । विहेको लागि प्रस्ताव गरेका दिलिपलाई मुधवालाले आफ्नो पितासँग माफी मागेपछि मात्र विवाह गर्ने भनेपछि उनीहरुको सम्बन्ध झनै बिग्रिएर गएको थियो । दिलिपले मधुवालालाई फिल्मलाइन छोडेर आफुसँग विवाह गर्न भनेका थिए । तर, मधुवालाले उनको प्रस्तान अस्विकार गरिदिएकी थिइन् ।

४. संजय दत्त र माधुरी दिक्षितः संजय दत्तले रिचा शर्मासँग विवाह गरेका थिए । उनीहरुको छोरी पनि छन् त्रिसला । तर रिचाको क्यान्सरका कारण मृत्यु भएको थियो । सन् १९९० को दशकमा संजयको जीवनमा आइन् माधुरी । उनीहरु फिल्म साजनको सेटबाट नजिकिएका थिए । उनीहरुबिच लामो समय अफयेर चलेको समेत बताइएको थियो । तर, जब संजयलाई टाडा केशमा प्रहरीले समात्यो तब यिनीहरुको सम्बन्ध बिलाएर गयो ।

५.अक्षय कुमार र सिल्पा सेट्टीः बलिउडमा यो जोडीको फिल्म धेरै नै आए । अक्षयको लवस्टोरी हरेक अभिनेत्रीसँग जोडिएर अझै पनि चर्चा हुने गर्छ । रविना टण्डन, पुजा भाट, ममता कुलकर्नी जस्ता अभिनेत्रीसँग उनको लिंकअप भएको व्यापक हल्ला चलेको थियो । तर, अक्षयको शिल्पासँग लामो समय अफेयर चलेको थियो । विवाहको लागि पनि उनीहरु तयार भएका थिए । तर, अक्षयले अन्तिम समयमा सबैलाई ट्वीस्ट दिने काम गरे । उनले टुइङकल खन्नासँग विवाह गरे । शिल्पाले अक्षयले विवाह गरेको धेरै समयपछि व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।

६. अभिषेक बच्चन र करिश्मा कपुरः अमिताभ बच्चनको ६० औ जन्मदिनमा अभिषेक र करिश्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर, केही महिनापछि उनीहरुको सम्बन्ध टुंगियो । त्यसपछि उनीहरुबिचको हल्ला व्यापक चुलिएको थियो । यहाँ सम्मकी बलिउडमा काम गर्न छोड्न बच्चन परिवारले करिश्मालाई दबाब दिएको थियो । तर, करिश्माले अस्विकार गरेपछि उनीहरुको इन्गेजमेन्ट तोडिएको थियो । अभिषेकले विश्व सुन्दरी ऐश्वर्या रायसँग विवाह गरे । करिश्माले भने संजय कपुरसँग विवाह गरेकी थिइन् । उनीहरुको डिभोर्स भइसकेको छ ।

७. ऋतिक रोशन र करिना कपुरः ऋतिक रोशन र करिना कपुरको अफेयर पनि केही समय चलेको थियो । तर, करिनाले ऋतिकको डेब्यु फिल्ममा काम गर्न मानिनन् । यो फिल्मको अफर अमिशा पटेललाई दिइएको थियो । फिल्म हिट भयो । उनीहरुले फिल्मसँगै नगरे पनि उनीहरुबिच रोमान्स भने चलेको थियो । तर, करिनालाई सरप्राइज दिदै ऋतिकले सुजैनसँग विवाह गरेका थिए । करिनाले केही वर्ष अघि सेफ अली खानसँग विवाह गरेकी थिइन् । ऋतिकको सुजैनसँग डिभोर्स भइसकेको छ ।

८. शाहिद कपुर र करिना कपुरः करिब पाँच वर्ष लामो सम्बन्धमा यो जोडीको रोमान्सले बलिउड तताएको थियो । यो जोडीको रोमान्सको भिडियो पनि लिक भएको थियो । तर, शाहिदलाई पाखा लगाउँदै करिनाले सेफ अली खानसँग विवाह गरेकी थिइन् । त्यसपछि साहिदको जीवनमा विद्याबालन, प्रियंका चोपडासँगको अफयेरले बलिउडमा ठूलो चर्चा भयो ।

९. जोन अब्राहम र बिपाशा बसुः आठ वर्ष लामो लिबिङ टुगेदर रिलेशनसिप तोड्दै यो जोडी पनि अलग्गियो । सन् २०१४ मा जोनले अरेन्ज म्यारिज नै गरेर बिपाशालाई सरप्राइज दिए । त्यसपछि बिपासाले पनि जोनसँगको सम्पुर्ण सम्बन्ध तोड्र्दै करन ग्रोबरसँग विवाह गरिन् ।

१०. लारा दत्त र केली दोर्जेः केली दोर्जेसँग डेटिङमा कुनै समय रमाएकी लाराले एक्कासी सम्बन्ध तोड्दै टेनिस खेलाडी महेश भुपतीसँग विवाह गरिन् । केलीले एक अन्तर्वातामा लारा र आफुबिच ८ वर्षको सम्बन्ध रहेको बताएका थिए । सन् २००७ मा उनीहरुबिचको सम्बन्ध टुटेको खुलासा गरेका थिए ।

तपाईको प्रतिक्रिया