नेपाली सिनेमा क्षेत्रकी चर्चित एवं व्यस्त नायिका हुन प्रियंका कार्की । सिनेमा क्षेत्रमा निकै मेहनती नायिकाको रुपमा पनि आफनो परिचय बनाएकै कारण उनको फिल्म फ्लप होस वा हिट यसले उनको मागमा भने कुनै फरक पर्देन । किनकी प्रियंकाको मेहनतलाई देखेर पनि निर्माता निर्देशकहरु उनलाई रोज्ने गर्छन् । केही बर्षयता आयुषमान देसराज जोशीसंग सम्बन्धको कारण पनि लाइमलाईटमा आएकी प्रियंका फिल्मी करियरमामात्र होईन पारिवारिक मामिलामा पनि आफुलाई भाग्यमानी मान्छिन् । भाग्यमानी यस कारण की उनको दुई परिवार छ । कतिलाई थाहा होला या कतिलाई नहोला । उनको बुवाको २ घर परिवार छन् ।

त्यसैले पनि प्रियंका आफनो आमा र बुवाको घरमा पालै पालो बस्ने गर्छिन् । आफनै जन्मदिने आमाको प्रिय रहेकी प्रियंका कान्छी आमा अंगुर कार्कीको पनि प्रिय छिन् । यी दुईबीचको सम्बन्ध देख्नेहरु पनि छक्क पर्छन् । नातामा कान्छी आमा तर उनीसंग प्रियंकाको सम्बन्ध कस्तो छ भनेर बेला बेला समाजिक सञ्जालमा हेर्दा नै काफी हुन्छ किनकी त्यहाँ उनीहरुबीचको निकटता र प्रेम छर्लङ हुन्छ । हालै प्रिय्रंकाले आफनी कान्छी आमाको जन्मदिनमा केही फरक शब्दहरुले शुभकामना दिएकीछिन् ।

तपाईको प्रतिक्रिया