काठमाडौंं ।
प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमान्डाँैमा आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रज लाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा सस्कृती संरक्षण मा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।

 

नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले बिश्वास लिएको आयोजकले बताएको छ ।

 

नेपाली लोक गीत, आधुनिक, पपर लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन ।

 

अवार्ड कार्यक्रममा आफनो सहभागीता जनाउन चाहने सष्ट्रा तथा सर्जक लाई आबेदन फम खुल्ला गरिएको पनि आयोजक ले जनाइएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।

 

गायक गायिका को हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन र फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म रहेको आयोजकले जनाएको छ।

 

आबेदन फारम अनमनगर स्थित सामना म्युजिक क्रियसन प्रा लि को कार्यलयमा फोन न ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने ब्यावस्था गरिएको सामना म्युजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया