नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्का यतिबेला चैत्र २२ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म लभस्टेशनको प्रचारप्रसारमा दौडिरहेका छन् । उनले यो फिल्म बितरक एवं निर्माता गोविन्द शाहीसंग मिलेर निर्माण गरेका हुन् । यसअघि पनि २ वटा फिल्म निर्माण गरिसकेका प्रदिपको लभस्टेशन उनका लागि निकै बिषेश छ किनकी निकै प्रतिष्पर्धा रहेको यस क्षेत्रमा प्रदिपको अघिल्लो रिलिज फिल्म रोज असफल भएको कारण उनका लागि लभस्टेशन हिट हुनु निकै जरुरी छ । त्यसैले पनि उनी प्रचारप्रसारका लागि कुनै कमी छोडिरहेका छैनन् । यसबीचमा उनी नायिका करिश्मा मानन्धरको बिद्यालय बिजय स्मारक पुगेका छन् ।

उनले एसईई दिईरहेका बिद्यार्थीहरुमाझ पुगेर फिल्मको प्रचार गरे । उक्त माहोलमा प्रदिप र करिश्माले एकअर्काको निकै प्रशंसा गरे । करिश्माले प्रदिप आफनो फेवरेट नायक रहेको बताईन् भने प्रदिपले पनि करिश्मा आफनो आमाको निकै फ्यान रहेको र उनीबाट प्रभावित भएर नै आफनी आमाले समेत पढ्ने तयारी गरिरहेको बताए । उनले उक्त समय आफनो एसएसीको अनुभव पनि सेयर गरे । उनले आफुले फेलै नभईकन पनि २ पटक एसएलसी दिएको बताए ।

उनले ९ कक्षा पढ्दा शारिरिकरुपमा अशक्त रहेकी एक जना बिद्यार्थीको सहयोगीकोरुपमा परिक्षा दिएको बताए । उक्त बिद्यार्थी लामो समय परिक्षामा अशक्त भएको कारण लेख्न नसक्दा फेल भईराख्दा आफुले सहयोग गरेको कारण नै उनी पास भएको अनुभव उनले सुनाए । प्रदिपले यसो भनिरहँदा करिश्माले भनिन् प्रदिपलाई अंकमाल गर्दे भनिन् “हिरोले हिरो चीज गरेको रैछ नी त है” ?

तपाईको प्रतिक्रिया