एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनको बढ्दो उमेरले पनि उनको काम गर्ने हौसलालाई कम गर्न सकेको छै । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छन् । उनी आफ्नो दैनिक गतिविधि सामाजिक सञ्जालमा शेयर गर्छन् ।

पछिल्लो पटक उनले सामाजिक सञ्जालमा एक कुराको पछुतो रहेको बताएका छन् । उनले फेसबुकमा आफ्ना केही तस्वीरहरु पनि पोस्ट गरेका छन् । ती तस्वीरहरुमा उनी अलि फरक देखिएका छन् ।

तस्वीरमा उनी देशी लुक्समा देखिएका छन् । उनी सेतो कपडामा देखिएका छन् । टाउकोमा गम्छा छ । यसका साथै निधारमा चन्दनको टीका । उनले स्पोट्र्स शूज लगाएका छन् ।

तर पनि यो उनको कुन फिल्मको लुक्स हो खुल्न सकेको छैन । उनले ती तस्वीरसँगै लेखेका छन्, ‘ढल्दो उमेरसँगै एक कुराको पछुतो सँधै हुन्छ ‘तँ’ भन्नेहरु थोरै हुन्छन् ।’

स्मरण रहोस यो उमेरमा पनि अमिताभ बच्चन फिल्मी दुनियामा निकै सक्रिय छन् । हालै उनको फिल्म बदला रिलिज भएको छ । यो फिल्म बक्स अफिसमा हिट भइसकेको छ ।

अब उनी अयान मुखर्जीको निर्देशनमा बन्ने फिल्म ब्रह्मास्त्रमा देखिनेछन् । फिल्ममा रणबीर कपूर र आलिया भट्ट मुख्य भूमिकामा छन् । यो फिल्मको टीजर सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया