काठमाण्डाै:- संगीतकार तथा गायक वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसको स्क्रिनशटलाई बसन्तले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै अग्रजलाई सम्मान गर्न सुझाव दिएका छन् । खासमा गायिका समीक्षा अधिकारीको विषयलाई लिएर दुई संगीतकारबीच विवाद उत्पन्न भएको हो ।
टंकले आफ्नो युट्युब च्यानलमा समि क्षाको एक भिडियो अपलोड गरेका छन्, जसमा उनले समीक्षा पहिलो पटक आफूसँग काम गर्न आएको र आफ्नो संगीतमा पहिलो काम गरेको उल्लेख गरेका छन् । यो सँगै उनले समीक्षाले गीत गाए बापत् पारिश्र मिक पाएर खुशी भएको पनि उक्त भिडियोमा उल्लेख गरेका छन् । फेसबुकमा लेखेको उक्त स्ट्याटसले यतिबेला टंक बुढाथोकी आलोचित भएका छन् ।
टंकले फेसबुकमा लेखेका छन्, “नमस्कार । हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी स्टुडियो नायन (९) सम्म आइपुग्नु भएको छ र मेरो सङ्गीतको पहिलो काम गराएकु छु। नानीलाई हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु।” धेरैले टंकको उक्त स्टाटसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।
टंकको उक्त स्ट्याटसप्रति आपत्ति जनाउँदै संगीतकार वसन्त सापकोटाले अग्रजलाई सम्मान गर्न सिक्न टंकलाई सुझाएका छन् । एक स्ट्याटस लेख्दै सापकोटाले समीक्षाको यसअघि नै नाई नभन्नु ल ५ को गीत बालापनको उमेर बोलको गीत सबैतिर चर्चित भइसके को बताएका छन् । उनले सबैको मायाले समीक्षा अघि बढिरहेको बेला प्रेरणा देखाउन खोजेको आरोप लागाएका छन् ।
वसन्तले टंकको स्ट्याटसमा आपत्ति जनाउँदै लेखेका छन्, “टंक भाइ अग्रजहरुको सम्मान गर्न सीकौं ल समीक्षाको पहिलो गीत चलचित्र नाई नभन्नु ल ५ को गीत बालपनको ऊमेर सबैतिर चर्चित भइसकेको र सबैको प्रेरणाले नानी अगाडि बढिरहेको अवस्थामा यो काम त सूर्यलाई हत्केलाले छोप्न खोजेजस्तो भएन र ? कि भाइ अर्कै दुनियाँबाट आउनु भएको हो । तपाईंको यो लेखाइले तपाईंको उचाइ कम गराउँछ । यसले न समीक्षालाई फरक पर्छ न मलाई फरक पर्छ ।”