विराटनगर, चैत १९
अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । आउँदो मे महिनाको २७ तारिखमा प्रदर्शनमा आउने उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो ।

फिल्ममा अजयबाहेक साउथ फिल्मकी अभिनेत्री राकुल प्रित सिंह र तबुको पनि मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा अजयको प्रेम नयाँ र पुरानो जमानाको देखाइएको छ, जसमा अजयले राकुल र तबुमाथि नै प्रेम दर्शाइरहेका हुन्छन् ।

लभ रञ्जनको लेखन तथा अकी अलीको निर्देशनमा बनेको उक्त फिल्म लभ रञ्जन र भुषण कुमारले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया