एजेन्सी, चैत २०
अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस पछिल्लो समय चर्चामा छन् । यी दुईबीचको सम्बन्ध बिच्छेदका खबरले यी दुई चर्चामा रहेका हुन् ।

गत अप्रिल १ मा यी दुईबीच डिभोर्स हुँदै भन्ने थुप्रै समाचारहरू आए । केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका यो जोडीले सम्बन्ध बिच्छेद गर्ने भन्ने समाचारहरू भारतीय सञ्चारमाध्यममा मात्र नभए अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उत्तिकै स्थान दिएर छापेका थिए ।

अमेरिकाको एक म्यागाजिनले दाबी गर्दै निक र प्रियंकाको यस समाचार कभर स्टोरी नै बनाएका थिए । विवाहको ११८ दिन नबित्दै अभिनेत्री प्रियंकाले निकलाई सताएको र अन्ततः अलग हुने मुडमा पुगेको उक्त म्यागाजिनले जनाएको थियो ।

यसैबीचमा प्रिंयका र निक यस समाचारको खण्डन गर्दै उक्त पत्रिकाविरुद्ध खरो रुपमा उत्रिएका छन् । यी दुईले उक्त म्यागाजिनविरुद्ध केस गर्ने मुडमा छन् । भारतीय मिडियाका अनुसार यस्ता खबर आफ्नो पत्रिका बिक्री गराउनका लागि मात्र छापिएको बताउँदै प्रियंका र निक खरो रुपमा उत्रिएका छन् ।

उक्त म्यागाजिनले ३६ वर्षीया प्रियंकाप्रति २६ वर्षीय जोनस परिवारको मोह भंग भएको र प्रियंकाको हर्कतप्रति आपत्ति जनाउँदै सम्बन्ध टुंग्याउनेतर्फ जोनस र उनको परिवार लागेको भन्दै डिभोर्सको खबर छापेको थियो ।

उनीहरुबीच अहिले काम, पार्टीलगायतका कुरामा झगडा हुन थाले र प्रियंकाको छिट्टै रिसाउने बानि र पार्टीको आदतले निक तनाबमा रहेको उक्त पत्रिकाले उल्लेख गरेको थियो ।

तपाईको प्रतिक्रिया