यतिबेला भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनले बलिउडको माहोल पनि तताएको छ । चर्चित भन्दा चर्चित कलाकारहरु चुनावमा उठिरहेका । त्यसमध्ये पर्ने नायिका हुन उर्मिला मातोंडर । हाल पर्दामा टाढै रहेकी उर्मिलाले कांग्रेसमा प्रबेश गर्दे उत्तर मुम्बईबाट चुनाव लड्दैछिन् । उनले चुनाव लड्ने खबरले बलिउड खुसी छ तर एक जना नायिकाको भने उर्मिलाले चुनाव लड्न लागेको कुराले टाउको दुखेको छ । केही दिन अगाडीमात्र उनले चुनाव लड्ने पक्का भएपछि उनको श्रीमान पाकिस्तानी भएको भन्दै उनले चुनाव लडन दिन नहुने भन्दै चर्चा भएको थियो । तर उनको श्रीमान पाकिस्तानी नभई कश्मिरी युवक हुन् । यता उर्मिलाले चुनाव लड्ने भएपछि टाउको दुखाउने नायिका भने पायल रोहतगी हुन् ।

बलिउडमा खासै चल्न नसकेकी पायलले उर्मिलामाथि आफनो वास्तविकता बताएरमात्र चुनाव लड्न भनेकीछिन् । उनले उर्मिलाको कडा आलोचना गर्दे पायलले यदि उर्मिलाले सबै वास्तविकता खुलाएर मात्र चुनाव लडे उनलाई बहादुर महिलाको उपाधी दिने बताईन् । पायलले एक भिडियो जारी गर्दे उर्मिलाले आफनो धर्म परिवर्तन गरेर मुस्लिम युवकसंग बिवाह गरेको र आफनो नामै परिवर्तन गरेर बिवाह गरेको आरोप लगाईन् । उनले भनेकीछिन् “मलाई उर्मिलाको यस कुरामा आपत्ति छ की उनले गलत कुरालाई प्रमोट गरिरहेकीछिन् । किनकी उनले राजनितीक करियर सुरुवात गर्दे कांग्रेसले टिकट दिएको छ । वास्तविकता हो की उर्मिलाले आफनो बेइमानी गर्ने छैनन् किनकी यसले उनलाई अगाडी बढ्न दिने छैन । सायद तिमी स्कुल गएकी छैनौ होला , म स्कुल गएकी छु । पढे लेखेकी , कम्युटर इन्जिनियर हु । तिमी भन्छौ की राजनितीको सुरुवात झुठबाट गर्दिन त्यसो भए सबैलाई आफनो वास्तविक नाम भन्नुहोस । तपाई हिन्दु नामबाट कृपया चुनाव नलड्नुस” ।

मोदीको ठुलो समर्थक रहेकी पायल यतिमा मात्र सिमित भईनन् । उनले अगाडी भनिन् “अब यो चुनावमा उनको वास्तविक नाम मरियम अख्तर मीर नामबाट नै उठ्नु पर्छ । यदि उनले यसो गरेको खण्डमा म उनलाई शक्तीशाली महिला भन्नेछु । किनकी उनले हिन्दु नामको प्रयोग गरेर जनतामाथि भ्रम छरिरहेकीछिन् । आफनो बलिउड प्रोफाईललाई उर्मिलाले चुनावमा प्रयोग गरिरहेको भन्दै उनले भनिन् तिमीले आफनो जानकारी जनतामाझ लुकाउन चाहान्छौ । त्यसैले तिमीले भनिरहेका छौँ म न हिन्दु हु न मुसलमान म भारतीय सिटिजन हुँ” । यसअघि पुलवामामा आक्रमणपछि भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गर्दा र कांग्रेसले त्यसमाथि प्रश्न उठाउदा पनि उनले त्यतीबेला कांग्रेसको खुबै आलोचना गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया