एजेसी । हालै मार्वलको सुपरहीरो फ्रेन्चाइजी एभेजर्सः एण्ड गेमको ट्रेलर रिलिज भयो । ट्रेलरमा दर्शकहरुको जबरजस्त प्रतिक्रिाय पाइएको थियो । यस फिल्मलाई लिएर दर्शकमा कति उत्साह छ भन्ने कुराको अनुमान यसैबाट लगानउ सकिन्छकी उसले मंगलबार अग्रिम टिकट बुकिंगका सबै रेकर्ड तोडेको छ ।

अमेरिकाका दुई टप टिकट वेबसाइट फ्यानडेंगो र एटमका अनुसार एभेन्जर्सः एण्ड गेमको पहिलो दिनको एडभान्स सेलले आफ्नै फ्रेचाइजीको पछिल्लो फिल्म स्टार वार्स जस्ता फिल्मको रेकर्ड तोडेको हो ।

तर ती साइट्सले कति टिकट बुकिंग भयो भन्नेबारे जानकारी दिएका छैनन् ।

स्मरण रहोस एक फ्यान सर्वेका अनुसार एभेन्जर्सः एण्ड गेम फिल्म २०१९ को बहुप्रतिक्षित फिल्मका रुपमा आफ्नो नाम दर्ता गराउन सफल भएको थियो ।

फ्यानडेंगो म्यानेजिंग एडिटर एरिक डेभिसले एक स्टेटमेन्टमा यस फिल्मले सेल्सका कयौं रेकर्ड तोडेको बताए । उनका अनुसार यो फिल्मले टिकटको मामिलामा स्टार वार्सको रेकर्ड ६ घण्टामा मात्र तोडेको थियो ।

उता एटमका अनुािर यस फिल्मले मोबाइल टिकट सर्भिसका लागि रेकर्ड बनाएको छ । उसका अनुसार एभेन्सर्ज सीरिजको पछिल्लो फिल्म भन्दा यो फिल्मले तीन गुणा धेरै टिक बेच्न सफल भएको छ ।

उता इबे वेबसाइटमा यस फिल्मको हलीवुडमा आइमेक्स स्क्रीनिंग टिकटको मुल्य करिब ५०० डलर थियो ।

कैयौं फ्यान्सहरुले सामाजिक सञ्जालहरुमा टिकट विक्रि गर्ने साइटस्बारे गुनासोहरु पनि गरिरहेका छन् । एरर कोड र वेबसाइट क्र्याश जस्त घटना भएको उनीहरुले गुनासो गरेका छन् ।

स्मरण रहोस एभेन्सर्जः इन्फिन्टी वार २०१८ को सबैभन्दा ठूलो ब्लाकबस्टर फिल्म बनेको थियो । र यस फिल्मले संसार भर करिब २० हजार करोड कमाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया