नेपाली सुगम संगित , गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी चर्चित गायिका अन्जु पन्त केही दिन यता हावाहुरी प्रभावित क्षेत्र बारामा राहतको बाहानामा बाइबल बाड्दै क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै सामाजिक सञ्जाल निकै तात्यो । उनको सन् २०१८ मा बारामा नै एक स्कुलमा बिद्यार्थीहरुलाई आफनो फाउन्डेसनले शैक्षिक सामाग्री बितरण गरेको तस्बिरलाई दुरुपयोग गर्दे उनीमाथि मिथ्था आरोप खनाईयो । हुन त यसअघि पनि उनलाई यस्ता आरोपहरु नलागेको भने होईन । आफनो तस्बिरको दुरुपयोग गर्दे गाली खुवाएपछि उनले यसबारेमा स्पष्टीकरण दिएकीछिन् ।

 

सामाजिक सञ्जालमा यसबारेमा लेख्दै उनले अब आफुलाई यस्ता आरोपहरु सहने बानी परिसकेको बताएकीछिन् । उनले उक्त तस्बिरको वास्तविकता समेत प्रस्टाउँदै आफुमाथि मिथ्था आरोप लगाएको बताईन् । उनले यस्ता आरोपहरु सहँदै भए पनि समाज सेवाको निरन्तर लागिरहने बताए । उनी लेख्छिन् “मेरा आदरणीय दर्शक श्रोताहरू, मेरा सम्पूर्ण परिवारहरूलाई नमस्ते । ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् गत डिसेम्बर महिनामा बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न बारामा गएको बेलाको फोटो प्रयोग गरेर अहिले बाइबल बाँड्न गएको भनेर ममाथि मिथ्या आरोप लगाउने काम भयो ।

बेलाबेलामा ममाथि यस्ता आरोपहरू लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु । आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउँदै छौँ । बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी पनि हुँदैछ । सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा हार्दिक आभार” ।

तपाईको प्रतिक्रिया