धरान – झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रीएका फुलन्देको आमा (उमेश रार्इ) लार्इ जोडदार ताली र ठुलो हाँसोका साथ दर्शकले स्वागत गरेका थिए ।सानो पर्दामा निकै नै चर्चित हाँस्य कलाकार फुलन्देको आमालार्इ हाम्रो सुर सरगम समुहले धरानको शभागृहमा शनिबार ल्याएका थिए । सुर सरगम सांगितीक कार्यक्रम साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोहमा प्रमुख आकर्षणमा फुलन्देको आमा रहेका थिए । उनले करीब आधा घण्टा दर्शकलार्इ हँसाएका थिए । कार्यक्रममा वरिष्ठ संगितकार ओमप्रकाश राई, गायक कुशल थलङ, गायक महेन्द्र राई, गायिका दिपा तामाङ र हाँस्य कलाकार राकेश कमेडी समेतको प्रस्तुती रहेको थियो । साथमा स्थानिय कलाकार गायक भक्तिराज राई, गायिका सजना राई, संयोजक रमेश रार्इ, स्मुल आइडलका विजेताहरू र टप १० प्रतियोगीहरू समेतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा दोश्रो संस्करणको विजेता दार्जिलिङकी तार्मी लेप्चा, दोश्रो काठमाडौका विनोदराज तिवारी, तेश्रो सिक्कीमका सागर तामाङ र चौथो धरानका प्रेम लामालार्इ पुरस्कृत समेत गरीएको थियो । कार्यक्रममा विजेतालार्इ एउटा गित रेर्कड गर्न पाउने डमी कन्ट्रयाक्ट साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरीएको थियो । दोश्रोलार्इ इलेक्ट्रीक गिटार, तेश्रोलार्इ हारमनियम र चौथोलार्इ अकुस्टीक गिटार साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरीएको थियो । दोश्रो संस्करणको आइडलमा सहभागी २ सय १६ जना कलाकारहरू मध्येबाट निर्णायक वरिष्ठ संगितकार ओमप्रकाश राई, बिबि अनुरागी र कुशल थलङले विजेता छनौट गरेका थिए ।

हाम्रो सुर सरगम समुहले १ वर्ष अघिदेखि इन्टरनेटको माध्यमबाट एनड्रोइड मोवाइलको एप्स स्मुलमा अडियो तथा भिडियो गीत गाउन मिल्ने एक प्रकारको एप्स स्टुडियो तयार गरी प्रतियोगिता गर्दै आएको छ । यस मोबाइल एप्समा म्यूजिक ट्याक उपलब्ध हुन्छ जसमा आफ्नो इच्छा अनुसारको गीत गाउन वा रेकर्ड गर्न सकिन्छ । प्रतियोगीहरुले स्मुलमा गीत गाएपछि आयोजकले निर्णायकहरुलाई ति प्रस्तुती फरवार्ड गरी निर्णायकले भिडियोमा गाएको हेरेर छनौट गरी विजेता घोषणा गरेको थियो । साउन १ गतेबाट सुरू भएको प्रतियोगितामा टप ८०, टप ४०, टप ३०, टप २०, टप १० हुँदै विजेताको घोषणा गरीएको थियो । विजेता मंसिर १४ गते घोषणा गरीएको थियो ।

पुरस्कार वितरण संगै हाम्रो सुर सरगम समुहको औपचारीक जानकारीका साथ समुदघाटन समेत यस कार्यक्रममा गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, सरगम समुहका अध्यक्ष चन्द्र सोताङ, सल्लाहकार दिपक राज शर्मा पाडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया