नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चिट डे…..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबाट रिलिज गरिएको हो । सिनेमाको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र ‘परान’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेका बेला नयाँ गीत ‘चिट डे’ले पनि दर्शकबाट राम्रो पतिक्रिया पाउने अपेक्षा निर्माण टिमलाई छ ।

बुह प्रतिक्षित सिनेमाको सार्वजनिक यो गीतमा उदयराज पौडेलको एरेञ्ज, प्रतिक पौडेको शब्द तथा संगीत र प्रविशा अधिकारीको स्वर छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको गीतमा राहुल शाहको कोरियोग्राफी रहेको छ । सिनेमामा अनमोल केसीको डबल रोल रहेको छ । ‘ए मेरो हजुर ३’ले पाएको चर्चा परिचर्चा हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्ने आशा सिनेमाकर्मीलाई छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया