नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएर चर्चामा आएका दिपक राज गिरी र दीपा श्री निरौलाले बाहिरि व्यानरसंगको सहकार्यमा फिल्म निर्माण गर्देछन् । ६ एकान ६ माफर्त फिल्म निर्माणमा हात हालेका यी दुईले हाललाई छक्का पञ्जाको सिरिजलाई रोक्दै गाजुल फेम निर्माता रोहित अधिकारीसंग मिलेर फिल्म निर्माण गर्देछन् । जुन फिल्मको नाम उनले सार्वजनिक गरेका छन् । फिल्म निर्माणमा ‘छ’ शब्दबाट उठेको नाम निकै लक्की देखिएपछि यस पटक पनि उनीहरुले ‘छ’ लाई छोडेका छैनन् । अब उनीहरुले निर्माण गर्न लागेको फिल्मको नाम “छ माया छपक्कै” राखिएको छ ।

हुन त यसअघि पनि यही नामबाट उनीहरुले फिल्म निर्माण गर्न लागेका थिए तर त्यो भएन । अहिले आएर दिपक दीपाले यो नामलाई रोहितसंगको सहकार्यमा प्रयोग गरेका हुन् । “छ माया छपक्कै”लाई “घामपानी” र “गोपी” फेम निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरीमा आधारित हुनेछ । सामाजिक कथाबस्तुलाई नै फिल्मको मुख्य कथाबस्तु बनाईनेछ । यस फिल्ममा दिपकले खासमा कुनै लगानी गरेका छैनन। उनले ५० प्रतिशत मुनाफा लिने सर्तमा सहकार्य गरेका हुन् ।

सबै लगानी रोहितले नै गर्नेछन् तर फिल्म नाफामा गएको खण्डमा त्यसको ५० प्रतिशत मुनाफा दिपकले पाउनेछन् । फिल्ममा हालसम्म दिपक र केदार घिमिरेमात्र पक्का भएका छन् । फिल्ममा जितु हुने नहुने पक्का भएको छैन । उनको रियालिटी शोको कारण उनी फिल्ममा नहुने सम्भावना बढि रहेको बताईन्छ । निर्माण टिम यतिबेला नायिकाको खोजीमा रहेका छन् । फिल्ममा कथा, पटकथा तथा संवाद दिपककै रहनेछ भने संगित दिपक शर्मा र छायांकन हरि हुमागाइको रहनेछ । बैसाखबाट फ्लोरमा जान लागिरहेको यो फिल्म आउँदो दशैमा रिलिज हुनेछ । जुन समय यो फिल्मले अशोक शर्माको रातो टिका निधारमासंग प्रतिष्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया