मिस नेपालकी सेकेण्ड रनरअप भई चर्चामा आएकी नीति शाहको सुन्दरता देखेर मोहित नहुनेहरु कमै छन् होला । फ्यान फलोईङ पनि राम्रो कमाएकी नीतिलाई उनको सुन्दरताको कारण नै फिल्महरुको अफर नआएको होईन तर उनी फिल्मका लागि खासै इच्क्षुक छैनन् । विभिन्न विज्ञापनहरुमा भने काम गरिसकेकी उनले फिल्ममा आउने सम्भावना नै रहेको बताउँदै आएकी थिईन । तथापी उनलाई फिल्मको अफर आउन भने रोकिएको छैन । यसैबीच नीतिले आफुलाई प्रेम गीत ३ को अफर आफुसमक्ष आएको खुलासा गरेकीछिन् । लोकप्रिय एवं चर्चित नायक प्रदिप खड्काको फिल्म लभ स्टेशन हेर्न पुगेकी उनले प्रेम गीत ३ को अफर आफुलाई आएको बताईन् ।

उनले अफर आएको कारण नै फिल्ममा काम गर्ने सम्भावना रहेको बताईन् । उनले भनिन् “सम्भावना छ तर पक्का भने भएको छैन । राम्रो स्क्रिप्ट आयो भने पक्का गर्छु” । डिस होमको विज्ञापनमा एकसाथ काम गरेपछि एक अर्कासंग मिल्ने साथी बनेकी नीतिले प्रदिपको खुबै प्रशंसा गरिन् । उनले फिल्मको कन्टेन्ट आफुलाई निकै मन परेको बताउँदै फिल्ममा देखाईएको आमा छोरीको सम्बन्धले भने मन छोएको बाईन् । यता प्रदिपले पनि नीति जस्तो नायिकाहरु सिनेमा क्षेत्रमा आउनु पर्ने बताए ।

प्रेम गीत आफैमा एउटा ब्राण्ड बनेको फिल्म हो । पहिलो फिल्मले सफलता पाएसंगै प्रेम गीत २ बन्यो । जसमा उनले अश्लेषा ठकुरीसंग स्क्रिन सेयर गरे । प्रेम गीत ३ मा नीतिको चर्चाले फ्यानहरु उत्साहित बनेका छन् । डिस होमको विज्ञापनमा यी दुईको केमेष्ट्री निकै मन पराईएको थियो यदि यी दुईको जोडी फिल्ममा बाँधिएको खण्डमा दर्शकहरुका लागि नयाँ टेस्ट नै हुने थियो ।

तपाईको प्रतिक्रिया