झापा । आदिवासी समुदायमा ट्वाइलेट नहुनुको पीडालाई कथामा चित्रण गरी छायाङ्कन गरिएको सचेतना मुलक म्युजिक भिडियो बजारमा आउने भएको छ।

सचेतना मुलक रुपमा प्रस्तुति गर्न खोजिएको सो भिडियो बजारमा आउन लागेको हो। ‘ट्वाइलेट एक दुःखद कथा’ नाम दिएको सो भिडियोमा घर घरमा शौचालय नहुँदाको पीडा म्युजिक भिडियोमा देखाउन खोजिएको छ।

मेचीनगर नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रस्तुतीको रुपमा ल्याइएको म्युजिक भिडियो पूर्ण रुपमा सचेतना मुलक रहेको छ।

गायक श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’को आवाज तथा निर्देशनमा बन्न लागेको सो भिडियोमा घरमा सौचालय नहुँदा पारिवारीक रुपमा हुने झगडा,बिछोड,पश्चताल साथै यसै बिषयमा एक युट्युवरको कारण कसैको ज्यान गएको कथा समेत प्रस्तुत गर्न खोजिएको छ।

युट्युव मार्फत सावर्जनिक गरिने भिडियोले घर घरमा शौचालय बनाउ भन्ने सन्देश दिएको छ। भिडियोमा मुख्य कलाकारको रुपमा संचारकर्मी झापाली खगेन्द्र घिमिरे, पुस्कर गुरागाई, मेरी राई, पुजा क्षेत्री अधिकारी, दुर्गा गिरी, एलिसा बुढाथोकी, बिष्णु गिरी, कृष्ण सुवेदी लगायतको भुमिका रहेको छ।

सुवाष लिम्बुको छायाङ्कन तथा सम्पादन रहेको भिडियो झापाका बिभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

तपाईको प्रतिक्रिया