नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको फिल्म ‘प्रेम दिवस’ को अर्को गीत सार्वजनिक भएको छ । आउँदो नयाँ वर्षमा प्रदर्शनमा आउने सो चलचित्रको ‘बरु अर्को जुनि’ बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा प्रियंका र आयुष्मान नै फिचर्ड छन् । सो भिडियोमा आयुष्मानले प्रियंकासँग जुनिभरिका लागि साथ मागेको देखाइएको छ । गायक निशान भट्टराईको स्वर रहेको छ भने उनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् ।

गीतको कोरियाग्राफी कविराज गहतराजको रहेको छ । जेठ ३१ गतेदेखि प्रदर्शन हुने यस फिल्ममा प्रियंका र आयुष्मान बाहेक विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तक केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेलको पनि भूमिका रहेको छ ।

प्रियंका र आयुष्मान अभिनित यो तेस्रो चलचित्र हो । यसअघि प्रियंका र आयुष्मानले ‘कथा काठमाण्डू’ र चङ्गा चेट’मा संगै काम गरेका छन् । सञ्जय न्यौपानको निर्माणमा बनेको यस चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यस फिल्म म्युजिकल लभस्टोरी कथामा निर्माण भएको छ ।

यस्तै फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ भने बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया