काठमाडौं । तीन दशक भन्दा लामो समयदेखि नेपाली गीत–संगीतमा पृथक पहिचान बनाउँदै आएका बरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलिक लभ’ लिएर आएका छन् । हरेक गीतको म्यूजिक भिडियोलाई आकर्षक बनाउने गरेका सितारमले यस पटक पनि आफ्नो भिडियोमा नविनतम दिएका छन् । चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यस पटक अल्कोहलिक लभमा चल्तीकी अभिनेत्री प्रियंका कार्की समेटीएकी छिन् । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका रोजेका छन् । प्रियंकाका साथमा भिडियोमा बिनोद न्यौपाने रहेका छन् ।

यूट्युवबाट सार्बजनिक ‘अल्कोहलिक लभ’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन् । गीतको संगीत राहुल प्रधानको रहेको छ भने शब्द ललीता कुँवरको रहेको छ । खासगरी युवाहरुमा लक्षित रहेको नविन गीत ‘अल्कोहलिक लभ’को भिडियो निर्देशन सुव्रतराज आचार्यले गरेका छन् । गायक सिताराम पोखरेललको यो १९ औं म्यूजिक भिडियो हो । नविन पन भएकोले युवाहरुले गीत मन पराउनेमा गायक पोखरेल आशावादी छन् । गीतलाई ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया